Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज मौसम पूर्वानुमानः अधिकांश स्थानमा वर्षा हुने


    शनिबार, असोज २ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  देशभर आज  आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

    जल तथा मौसम पूर्वानुमान  महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    यस्तै राति देशभर बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।हाल भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव नेपालको मौसममा रहेको महाशाखाले जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको पनि जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार