Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सीडीओ कार्यालयका ड्राइभर र प्रहरीबीच लफडा, सबै प्रहरी तानिए


    शुक्रबार, असोज १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा खटाइएका सबै महिला प्रहरीलाई फिर्ता बोलाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीका सवारी चालक कमल गिरी र एक महिला प्रहरीबीचको सम्बन्ध बलात्कारको उजुरी गर्ने तहसम्म पुग्यो । केही महिनाअघिदेखि करार सेवाका सवारी चालक गिरी र ती महिलाबीचको सम्बन्ध झाँगिएको र यसबारे बाहिर समेत चर्चा हुन थाल्यो । बाहिर चर्चा हुन थालेपछि चालकले ती महिला प्रहरीलाई सापटी दिएको ५० हजार रुपैयाँ फिर्ता मागे ।

    पैसा फिर्ता मागेपछि ती महिला प्रहरीले चालकका बिरुद्ध प्रहरी परिसरमा बलात्कारको उजुरी कालिमाटी बृत्तमा दिन पुगिन् । यद्यपि उजुरी भने दर्ता नगरी छानबिन गर्दा अर्कै तथ्य भेटियो । सीडीओ कार्यालयका चालकबिरुद्ध युवतीले यौनहिंसाको उजुरी दिएको कुरा जिल्ला प्रशासन कार्यालयमा पुगेपछि उल्टै ती महिला नै अनुसन्धानको घेरामा तानिइन् । सीडीओ कार्यालयका सवारी चालकले पैसा फिर्ता मागेपछि ती महिलाले उजुरी हालेको खुलेपछि काठमाडौं परिसरले उनलाई नसिहत दिएर महानगरीय प्रहरी बृत्त लैनचौरमा खटाएको छ ।  उजुरीकर्ता महिलासहित जिल्ला प्रशासन कार्यालयको टोली नै परिसरले फिर्ता गरेको छ । र, नयाँ टोली पठाएको छ ।

    काठमाडौं परिसरका प्रमुख एसएसपी अशोक सिंहले सीडीओ कार्यालयमा खटाइएको टोली नै तानिएको जानकारी दिए । उनले भने–‘सीडीओ कार्यालयका कर्मचारीसँग नभएर सेवाग्राहीसँगको विवाद भएको कुरा आएको छ । विवादपछि सबैलाई चेन्ज गरिसकिएको छ । नयाँ टोली पठाइसकिएको छ । के भएको हो, हामी बुझ्दैछौं ।’  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार