Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज अशोज १ गते शुक्रवारको राशिफल


    शुक्रबार, असोज १ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ आज अशोज १ गते शुक्रवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

    कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज आँटेको र ताकेको कार्य पुरा होला । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

    आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । नयाँ र मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

    आर्थिक कारोबारमा विवाद आउनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारिक झैझमेला आउला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

    आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । बढी मेहनत गरे बढी फाइदा पनि लिन सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार