काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नुहुनेछ ।
सत्तारूढ पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यहाँ प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिनुभयो ।
सोही अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी कसूर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बतिन्धत अध्यादेश अलपत्र परेको जनाउनुभयो । उहाँले विधिको शासन कायम गर भन्ने नेकपा (एमाले)ले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाउनुभयो ।
यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्को हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend