Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरमा काम गर्ने बालिकालाई बलात्कारपछि गर्भपतन गराएको आरोपमा युवक पक्राउ


    बिहिबार, भाद्र ३१ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–९ का २४ वर्षका आकाश झा रहेका छन् ।

    घरमा काम गर्ने १५ वर्षकी बालिका बलात्कार गरेको र बलात्कारबाट रहेको गर्भपतन गराएको आरोप पीडित पक्षले लगाएको छ ।

    महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टका अनुसार पीडित पक्षको उजुरीको आधारमा झालाई उनको घर नजिकैबाट पक्राउ गरिएको हाे ।

    पक्राउ परेका झाविरुद्व अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार