Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संखुवासभा हत्याकाण्डले लियो नयाँ मोड : मृतक रञ्जनाको मोबाइल भेटियो, लोकबहादुरका भाइ पनि पक्राउ


    बिहिबार, भाद्र ३१ २०७८
    445
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • संखुवासभा । संखुवासभामा भएको सामूहिक हत्याकाण्डले नयाँ मोड लिएको  छ । गत भदौं २१ गते सोमबार मादी नगरपालिका–१मा भएको सो घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

    यसअघि प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई हत्या आरोपीका रुपमा सार्वजनिक गरिसकेको छ । तर हाल घटनामा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि पक्राउ गरेको छ। 

    लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभा प्रहरीले बताएका छन्। अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको प्रहरीको भनाइ छ।

    मादी उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो। हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो। 

    अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन्। प्रहरी स्रोतका अनुसार रञ्जनाको सुत्ने कोठामा गएर नरेशले मोबाइल लिएको आशंका गरिएको छ।

    प्रहरीका अनुसार तेजबहादुर र परिवारका अन्य ५ जनालाई लोकबहादुरले चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको खुलेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार