Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रालयद्वारा १६ सीडीओको काज सरुवा (सूचीसहित)


    बुधबार, भाद्र ३० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले १६ प्रमुख जिल्ला अधिकारीको काजसरुवा गरेको छ । बुधबार काजसरुवा गरिएका प्रमुख जिल्ला अधिकारीहरुमा घनश्याम उपाध्याय ललितपुर, रुद्रादेवी शर्मा भक्तपुर र पुण्यविक्रम पौडेल गुल्मी छन् ।

    त्यसैगरी, शंकरहरि आचार्य गोरखा, काशीराज दाहाल मोरङको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् । मोरङका सीडीओ कोषहरि निरौलालाई गृहमन्त्रालयमा ल्याइएको छ । प्रमुख जिल्ला अधिकारीमा सरुवा हुनेहरुमा दीपककुमार पहाडी रामेछाप, नुरहरि खतिवडा संखुवासभा, टेकराज निरौला दोलखा, आसमान तामाङ चितवन, कृष्णप्रसाद लम्साल धादिङ, वीरेन्द्रकुमार यादव उदयपुर र ऋषिराम तिवारी रुपन्देही छन् । 

    त्यस्तै, संखुवासभाका सीडीओ टेकनारायण पौडेल, दोलखाका वासुदेव घिमिरे र ललितपुरका ढुण्डीप्रसाद निरौला गृहमन्त्रालयमा तानिएका छन् । पौडेल र घिमिरे उपसचिव हुन् भने निरौला सहसचिव हुन् ।

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठेकेदार कम्पनीलाई काम सकेर फर्किने क्रममा दोलखाका सीडीओ घिमिरेले दुःख दिएको भनी विवादमा परेका थिए ।   

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार