Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


    बुधबार, भाद्र ३० २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारीसहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो । 

    मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।

    गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मीको प्रजिअमा पठाइएको छ ।

    गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ लगिएको छ भने मोरङका प्रजिअ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ ।

    गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नुरहरि खतिवडालाई सङ्खुवासभाको प्रजिअमा पठाइएको छ ।

    सङ्खुवासभाका प्रजिअ टेकनारायण पौडेललार्ई गृह मन्त्रालयमा ल्याइएको छ ।

    गृहका सहसचिव टेकराज निरौलालाई दोलखा पठाइएको छ भने दोलखाका प्रजिअ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।

    रुपन्देहीका आस्मान तामाङलाई चितवनको प्रजिअमा खटाइएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको प्रजिअ बनाइएको छ ।

    मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रुपन्देही पठाइएको छ ।

    हेर्नुस् सरुवा सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार