Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दैलेखमा घाँटी रेटेर शिक्षकको हत्या गरेकाे अभियोगमा एक महिला पक्राउ


    बुधबार, भाद्र ३० २०७८
    475
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दैलेख । दैलेखकाे गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको घाँटी रेटेर हत्या गरेकाे अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    बिसीको हत्या अभियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    पक्राउ परेकी महिलाले  व्यक्तिगत रिसिबीका कारण  राति साढे १ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएकाे छ ।

    बिसीको शव मालिका माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला अगाडि बरण्डामा मृत भेटिएकाे थियाे । उनी सोही विद्यालयका राहत शिक्षक हुन् ।

    घटनास्थलभन्दा करिव ३० मिटर पश्चिममा ती महिलाको घर छ । घटनास्थल लाश जाँच मुचुल्का, घटनास्थलमा भेटिएका सबुत प्रमाण संकलन र खानतलासीबाट बरामद भएका प्रमाणले पनि उनले नै हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ ।

    पीडित पक्षबाट जाहेरी लिएर उनीविरुद्ध अनुसन्धान अगाडि बढाएको दैलेखका प्रहरी प्रमुख अनुपराज श्रेष्ठले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार