Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले ध्वस्त पार्न खोजिएकाे थियाे, कार्यकर्ताहरूले जोगाए: ओली


    बुधबार, भाद्र ३० २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट देशभरीका कार्यकर्ताले मिलेर जोगाएको बताएका छन् ।

    बुधबार बुटबलमा आयोजित कार्यकर्ता भेलामा बाेल्दै ओलीले मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएकाेमा यसबाट कार्यकर्ताहरूले जाेगाएकाे बताएका हुन् ।

    ‘यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो,’ उनले भने, ‘देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनु भएको छ ।’

    एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुने ओलीले दावी गरे ।

    समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्व बिना नहुने उनको भनाइ थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार