Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १,७६० जना कोरोना संक्रमित थपिंदा ७ जनाको मृत्यु


    बुधबार, भाद्र ३० २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।

    जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार