Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी


    बुधबार, भाद्र ३० २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मनाङ । कोभिड– १९ र गत असार १ मा आएको बाढी पहिरोका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो ।

    चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ आएका छन् । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।

    उनका अनुसार मनाङ छायाङ्कनका लागि निकै उपयुक्त स्थान रहेको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायाङ्कन गरिने बताइएको छ ।

    यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन इरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।

    यस चलचित्र छायाङ्कनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड चलचित्र प्रदर्शन पश्चात् मनाङ मात्र नभइ सिङगो नेपालकै प्रचारप्रसार हुने र नेपाललाई विश्व सामु चिनाउन मद्दत पुग्नेछ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार