Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हाे, चुनावमा एक सिट पनि जित्दैन: विष्णु पौडेल


    बुधबार, भाद्र ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिएका छन् ।

    रुपन्देहीको बुटवलमा आज (बुधबार) आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालको पार्टी स्वार्थीहरुको झुण्ड भएकाले आउने चुनावमा ले एउटा सिट पनि जित्न नसक्ने समेत बताए ।

    ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’ पौडेलले भने, ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ।’

    पार्टी विभाजनमा कुनै सैद्धान्तिक वैचारिक कारण नभएको पौडेलको दावी छ ।

    ‘जसरी पनि सत्तामा पुग्ने महात्वाकांक्षाले प्रचण्डले माधव नेपालहरु जस्ता स्वार्थी तत्वको साथ लिएर पार्टी कब्जा गर्ने कोशिस गर्दा नेकपामा विभाजन भएको हो’ पौडेलले भने । एमालेको ताकत चुनावमा देखाउने र फेरि पनि पहिलो पार्टी बन्ने उनले दावी गरे ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार