काठमाडाैं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले विभाजनले ठूलो चोट लागेकाले अब पार्टीले संयम भएर अघि बढ्नु पर्ने बताएका छन् ।
रुपन्देहीको बुटवलमा आज (बुधबार) आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् ।
‘हामी धेरै ठूलो चोटीबाट पछारिएका हौं, त्यसैले हामीले मात्तिनु हुँदैन, उनले भने, हामी राष्ट्र र विकासको कुरा गर्छौ सबै कुरा हटाई दिने हो भने राष्ट्र अमूर्त हुन्छ । हामीले देश विकासका लागि भोट लिएको हो । हामीले बाटो बिराउनु हुँदैन । हामीले विचार पुर्याएर अघि बढ्नु पर्छ ।’
उनले आफूहरुले समृद्ध मुलुक चाहेको पनि बताएका छन् । ‘हामी समृद्ध हुन चाहन्छौं । एमाले पथभ्रष्ट भयो भने यो मुलुकको भविष्य के हुन्छ ?’, उनले सोधे, ‘अब हामीले एकतावद्ध भएर अघि बढ्ने हो भने २०७४ सालको बर्चश्व फर्काउन सक्छौं ।’ ‘एमालेले सामाजिक र सांस्कृतिक रुपले नेपाली समाजमा जरा गाडिसकेको छ । त्यो पार्टीको अभाव अर्को कसैले पूरा गर्न सक्दैन’, भुसालले भने, ‘एमालेको निर्माणमा हामीले ठूलो मिहिनेत गरेका छौं । यही कुरा हामीले माधवकुमार नेपाललाई बताउन सकेनौं । उहाँ आफैंले बुझे जस्तो गर्नु भएन किन बुझ्नु भएन ।’
भुसालले यसअघि नेकपामा देखिएको विवादतिर इंगित गर्दै यसबीचमा भएका गल्तीको पनि समीक्षा हुनुपर्नेमा जोड दिएका छन् ।
‘यो बीचमा कस–कसले गल्ती गरे ? गरेनन् हामीले समीक्षा गरौं’, उनले भने, ‘हामी यो बीचमा भाँडिएका हौं । अब फेरि हामी भाँडिनु भएन । हामी घाइते भएका छौं, ठन्डा दिमागले सोचेर पार्टीलाई एकै ठाउँमा ल्याऊँ ।’
उनले अब आफूहरुले एमालेलाई बलियो बनाउन कसम खाएको पनि बताए । ‘हामीले कसम खाएका हौं । कसले गल्ती ग¥यो गरेन, सबै छुट्टिन्छ। ’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend