कञ्चनपुर। जिल्लाको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरियानजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो ।
एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानलेले बताए ।
एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।