Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्च मृत्युदर भएको निपा भाइरस के हो ? यस्ता छन् यसका लक्षणहरु


    बुधबार, भाद्र ३० २०७८
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ ।

    मंगलबारले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै कसैले पनि हेलचेक्रयाइँ गर्न नहुने मन्त्रालय जनाएको छ। 

    के हो निपा भाइरस ?
    निपा भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।

    निपा भाइरस कसरी सर्दछ ?

    स्वास्थ्य मन्त्रालयका अनुसार यो भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्दछ। संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा, संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिशा, पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा।

    निपा भाइरसका लक्षणहरु :

    • ज्वरो आउने
    • रिंगटा लाग्ने
    • टाउको दुख्ने
    • मांसपेशी दुख्ने
    • वाकवाकी लाग्ने
    • स्वस्प्रवासमा कठिनाइ हुने
    • टन्सिलाइटिस

    निपा भाइरसको रोकथाम कसरी गर्ने ?

    • फलफूल राम्रोसँग पखालेरमात्र खाने
    • तरकारी सकेसम्म पकाएर खाने
    • गाइबस्तुको गोठ र फार्म सफा राख्ने
    • मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने
    • सकेसम्म पानी उमालेर मात्रै पिउने
    • बेलाबेलामा साबुन पानीले हात धुने
    • भीडभाडमा जाँदा मास्क लगाउने

    यो समाचार स्वास्थ्य मन्त्रालयले तयार पारेको भिडियो सन्देशका आधारमा तयार पारिएको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार