दैलेख । दैलेखकाे गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
मंगलबार ४२ वर्षका बिसीको शव विद्यालयको बरण्डामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि थप विवरण भने दिइएको छैन ।