Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि


    बुधबार, जेष्ठ १४ २०७७
    550
    Shares
  • २ मिनेट पाठ
  • पोखरा, १४ जेठ । बागलुङमा  ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा रहेका छन्।

    गण्डकी प्रदेश प्रगोलशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण हो। स्रोतका अनुसार संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको छ ।

    तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आफ्नो गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको आफूले जानकारी पाएको बताए । अध्यक्ष बुढामगरका अनुसार, सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भएको उनले जानकारी दिए ।

    बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै आइसोलेसनमा पठाउने तयारी गरिएको उक्त गाउँपालिकाका अध्यक्ष मेहनसिंह पाइजाले जानकारी दिए ।

    तमानखोला गाउँपालिकामा संक्रमित ४ जनासँगै ८ जना आएको अध्यक्ष जोकलाले जानकारी दिए । बाँकीको कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको र उनीहरुसहित १४ जना गाउँपालिजकाको क्वारेन्टाइमा रहेको उनले बताए ।

    बडिगार्ड गाउँपालिकाले ६ जनाको उद्धार गरेकोमा २ जनामा कोरोना देखिएको हो । ‘६ जना आएकोमा २ जनामा कोरोना संक्रमण देखियो भने बाँकीको नतिजा नेगेटिभ आयो,’ अध्यक्ष पाइजाले भने, ‘गाउँपालिकाको क्वारेन्टाइनमा २ सय १३ जना छन् । आज पनि ५३ जना आउँदै छन् ।’

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार