Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप २१ जनाले जिते कोरोनालाई, आज घर फर्कदै


    बुधबार, जेष्ठ १४ २०७७
    760
    Shares
  • १ मिनेट पाठ
  • वीरगञ्ज, १४ जेठ । बुधबार थप २१ जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत २१ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका हुन्।

    डिस्चार्ज भएकामध्ये एकजना १५ महिने र अढाई वर्षका बच्चा पनि छन् ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार मंगलबार राति ११ बजेतिर उनीहरूलाई डिस्चार्ज गरिएको हो ।

    डिस्चार्ज हुनेमा ५ जना महिला र बाँकी सबै पुरुष छन्।

     

    अब अस्पतालमा ९ जना संक्रमित बाँकी छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।

    संक्रमितको संख्या भने ७ सय ८३ पुगेको छ। बुधबार बिहान मात्र एकजना संक्रमित थपिएकी छिन्।

    उनी हेटौंडा उपमहानगरपालिका १ निवासी २५ वर्षीया युवती हुन्। उनी गत जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार