Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कानून व्यवसायी भन्छन्: एमालेले संसद अवरुद्ध गरिरहे पनि तीन विकल्पबाट बजेट ल्याउन सकिन्छ


    मंगलबार, भाद्र २९ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटबारे  कानून व्यवसायी र संसद सचिवालयका अधिकारीहरुसँग अनौपचारिक छलफल गरेका छन् ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरिरहे बजेटबारे के विकल्प अपनाउने भनेर गरेकाे छलफलबाट उनले तीन विकल्प निकालेका छन् ।

    पहिलो विकल्प: नियमित प्रक्रियाबाट विनियोजन विधेयक पास गर्ने

    छलफलमा सहभागी एक कानून व्यवसायीका अनुसार यो विकल्पमा जाँदा आज २९ भदौको बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । छलफल सकेर संशोधनका लागि ७२ घण्टा समय दिनुपर्छ ।

    यसरी जाँदा असोजको ३/४ गते मात्र बजेट पास हुन्छ । केही दिन खर्च रोकिए पनि बजेटको बहस सकिने भएकाले यो विकल्पमा जानुपर्ने राय आएको छ ।

    दोस्रो विकल्प: पेश्की बजेट ल्याउने 

    एमालेका अवरोधका बीच विनियोजन विधेयक अगाडि बढाउने र खर्च चलाउन ३० भदौमा पेश्की बजेट ल्याउने विकल्प पनि छलफलमा सहभागीहरुले सुझाएका छन् ।

    तेस्रो विकल्प: अध्यादेश

    छलफलमा सहभागीहरुले बजेट पास गर्न नदिने गरी प्रमुख विपक्षी एमालेले अवरोध गरिरहे संसदको अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने विकल्प पनि छलफलमा आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार