Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३० लाख जरिवाना र ७ दिन कैद सजाय सुनाइएका फरार व्यक्ति पक्राउ


    मंगलबार, भाद्र २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले  बैंकिङ कसुरको मुद्दामा ३० लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाइएका फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की रहेका छन् ।

    उच्च अदालत पाटनले ०७६ साल फागुन १८ गते बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमान र ७ दिन कैद फैसला सुनाएको दीपकलाई प्रहरी टोलीले सोमबार काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका कार्कीलाई फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा काठमाडौंमा उपस्थित गराइ कारागार पठाइएको महाशाखाले जनाएको छ।

     

    •  
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार