Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले भन्यो, ‘वार्ताको ढोका खुल्ला छ’


    मंगलबार, भाद्र २९ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । उत्तर कोरियाले सोमबार लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनका उत्तर कोरियाली राजदूतले वार्ताका लागि ढोका खुल्ला भएको बताएका छन् ।  

    टोकियोमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीसँगको बैठकका बेला सुंग किमले सो कुरा बताएका हुन् ।

    उनले भने, ‘एउटा कुरा स्पष्ट पार्न चाहन्छौं कि अमेरिकाको उत्तर कोरियाप्रति कुनै पनि शत्रुतापूर्ण भावना छैन ।’

    तीनै देशका राजदूतले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि चर्चा गरेका छन् । यसबाहेक उनीहरु आर्थिक र खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायताको प्रस्ताव दिनेबारे पनि विचार गरिरहेका छन् ।

    स्मरण रहोस् पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले उत्तर कोरियाका शासक किम जोङ उनसँग दुई वर्ष अघि कुराकानीको कोसिस गरेका थिए तर त्यसमा खासै सफलता हासिल गर्न सकेन ।

    मिसाइलको परीक्षण:

    यस्तै, आइतबार उत्तर कोरियाले उसले लामो दुरीको नयाँ प्रकारको क्रुज मिसाइलको सफल परीक्षण गरेको हो ।

    उत्तर कोरियाको सरकारी मिडियाले भनेको थियो शनिबार र आइतबार दुई मिसाइल सार्वजनिक गरियो जसले १५०० किलोमिटरभन्दा बढीको यात्रा तय गर्नसक्छ ।

    उत्तर कोरियाले पछिल्लो पटक क्रुज मिसाइलको परीक्षण जनवरीमा गरेको थियो जब राष्ट्रपति जो बाइडेनले अमेरिकाका राष्ट्रपति पदको शपथ लिएको थियो ।

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार