Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन मङ्सिर २४ र २५ मा


    मंगलबार, भाद्र २९ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।

    सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उहाँले बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार