Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै : एमालेले अवरोध गर्ने सम्भावना कायमै, यस्तो छ सम्भावित कार्यसूची


    मंगलबार, भाद्र २९ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेगरी सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको संसद सचिवालयले जनाएको छ। 

    गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गर्दै आईरहेको छ ।संसदको अवरोध हटाउन सभामुख  सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।

    सर्वदलीय बैठक बहिष्कार गरेकाले एमालेले आजको बैठक पनि अवरोध गर्ने सम्भावना रहेको छ । यसअघिका बैठकमा अवरोधकै बीच सरकारले विभिन्न विधेयक पेस गरेको थियो।

    आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव राख्ने र शोकप्रस्तावसम्बन्धी कार्यसूची तय भएको सचिवालयले जनाएको छ।          

    यस्तो छ सम्भावित कार्यसूचीः

    samsad.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार