Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र ओमान भिड्दै


    मंगलबार, भाद्र २९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज (मंगलबार) ओमानसँग प्रतिस्पर्धा  गर्दैछ ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । 

    यसअघि नेपालले सिरिजअन्तर्गतको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको थियो । 

    ओमान लिग–२ को शीर्ष स्थानमा रहेको छ । ओमानले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

    ज्ञानेन्द्र मल्लले कप्तानी गरेको टोलीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार