धनगढी । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलको बैठकले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । नेकपा एमालेबाट अलग भई गठन भएको सो पार्टीको धनगढीमा सोमबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा नवगठित उक्त दलसमेतको प्रतिनिधित्व रहेको छ । बैठकले संसदीय दलको विधान बनाउन समिति गठन गरेको प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले जानकारी दिईन् । सो पार्टीको संसदीय दलको नेताका लागि तीन जना आकांक्षी देखिएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सो पार्टीका केन्द्रीय सदस्य एवम् आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र तारालामा तामाङ आकांक्षी रहेको बताइएको छ ।
नेकपा ९एमाले०को कैलाली र कञ्चनपुरको तत्कालीन अध्यक्षमा क्रमशःसोडारी र तामाङ थिए । कैलालीमा गठन भएको एमालेको समानान्तर समूहलाई केही दिन अघि नै नव गठित नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरित गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित १४ प्रदेशसभा सदस्य नवगठित पार्टीमा लागेपछि प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । एमाले सभामुख बाहेक दश जना सदस्यमा सीमित भएको छ ।
यस्तै प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सदस्य छन् । जनता सामाजवादी पार्टीको विभाजनसँगै प्रदेशसभामा रहेका सो पार्टीका दुई सदस्य पनि छुट्टाछुट्टै दलमा आवद्ध भएका छन् । राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गराएका थिए । अर्का प्रदेशसभा सदस्य मालामति रानाथारु जनता समाजवादी पार्टीमा नै रहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend