Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमती प्रदेशको एकीकृत समाजवादीको उपनेतामा खनाल, प्रमुख सचेतक सिग्देल र सचेतकमा हुमागाई


    सोमबार, भाद्र २८ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन भएका छन् । बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा वसुन्धरा हुमागाईलाई चयन गरेको हो । 

    त्यसैगरी बागमती प्रदेशमा गठवन्धन सरकार बनाउन नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेससँग समन्वय गर्नका लागि संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिने पनि बैठकले निर्णय गरेको बताइएको छ ।

    गठबन्धन सरकार निर्माण भएपछि प्रदेशको सकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि माधवप्रसाद पौडेल, वशन्त मानन्धर, मीना ज्ञवाली तथा वसुन्धरा हुमागाइँलाई जिम्मेवारी सुम्पिएको बैठकले निर्णय गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार