काठमाडौं । एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास भएको बताएकी छन् ।
राष्ट्रियसभा बैठकमा एमालेका तर्फबाट बोल्दै वलीले संसदीय व्यवस्थालाई आफ्नो लक्ष्य ठान्ने कांग्रेसले नै दल विभाजन अध्यादेश ल्याएर संसदीय व्यवस्था कमजोर बनाउन खोजेको आरोप समेत लगाइन् ।
‘परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास हो । यी दुवैले सुरु गरेको विकृति विसंगतिबाट लोकतन्त्र संकटमा पर्छ,’ उनले भनिन्, ‘यो कसका विरूद्ध गरिएको छ भन्दा एमालेलाई सामना गर्न नसक्ने हुतिहाराको प्रयास हो ।’
‘संसदीय व्यवस्थालाई मजबुत बनाउन स्थायित्वका लागि अविश्वास प्रस्ताव ल्याउन नपाउने, पार्टीहरूलाई सजिलै विभाजन हुन नदिने ४० प्रतिशतको प्रावधान हुँदाहुँदै अर्को पार्टी फुटाउन त्यो पनि संसदीय व्यवस्थालाई आफ्नो लक्ष्य ठान्ने कांग्रेसले यस्तो गलत अध्यादेश ल्याउन हुन्छ? मिल्छ ?’ उनले प्रश्न गरिन्, ‘आफ्नो पहिचान, इतिहास भुल्नेबाट नेपाली संसदीय व्यवस्थाको रक्षा कसरी हुन्छ ?’
एमालेको अवरोधले विधायन समितिको प्रतिवेदन पेस गरेर पहिलो बैठक १५ मिनेट स्थगित भइ बसेको दोस्रो बैठकमा अवरोधका क्रममा राष्ट्रियसभा सदस्य वली पार्टीका तर्फबाट बोलेकी थिइन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend