काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको अवरोधबीच राष्ट्रियसभाको सोमबार बसेको दोस्रो बैठकले लोकसेवा आयोग विधेयक–२०७८ पारित गरेको छ ।
आइतवार बसेका राष्ट्रियसभाका दुवै बैठकमा एमाले सांसदहरुले अवरोध गरेका थिए । एमाले सांसद कोमल वलीले आफूहरुको पार्टी फुटाउन सभामुख अग्नि सापकोटाले भूमिका खेलेको भन्दै उनले पदमा बस्ने अधिकार नरहेको बताएकी थिइन् ।
एमाले सांसदहरुले उठेर अवरोध गरिरहे पनि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक–२०७८ बैठकमा निर्णयार्थ पेश गर्न समय दिएका थिए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक बैठकमा टेबुल गरेका थिए ।
उक्त प्रस्तावलाई राष्ट्रियसभाबाट बहुमतले पारित भएको घोषणा अध्यक्ष तिमल्सिनाले गरेका छन् । अवरोधबीच दोस्रो बैठकले राष्ट्रियसभाका पूर्व सांसद रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अध्यक्ष तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक यही भदौ ३० गते बुधबार बस्ने बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend