Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्सामा काठ तस्कर र प्रहरीबीच झडप, ३ राउण्ड हवाई फायर


    सोमबार, भाद्र २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पर्सा । पर्साकाे पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित फरहदवामा सामुदायिक जंगलबाट काठ तस्करी गरी ल्याउँदै गरेका व्यक्तिहरू र प्रहरीबीच झडप भएको छ ।

    पर्साका डिएसपी ओम प्रकाश खनालका अनुसार प्रहरीले तस्करीलाई रोकेर नियन्त्रणमा लिन खोज्दा सोमबार बिहान करिब ४ बजे झडप भएको हाे ।

    जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका दुई जना प्रहरीमाथि ४ जना मोटरसाइकलमा सवार भएका ८ जना तस्करको समूहले ढुंगामुढा र लाठी प्रहार गरेका हुन् । 

    तस्करको समूहले ढुंगामुढा र लाठीसहित प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि ३ राउण्ड हवाई फायर गरेका थिए ।  हवाई गर्दा तस्कर फरार भएको डिएसपी खनालले बताए ।

    यद्यपी तस्कर  चढेको मोटरसाइकल बिआर २२ एफ ४१०८ भारतीय नम्बर प्लेट र ना ४० प ९३९६ नम्बरको दुइटा मोटरसाकल र दुइटा काठको गोली प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घटना सम्बन्धमा थप अनुसन्धान गर्दै प्रहरीले फरार तस्करको खोजी कार्य गरिरहेको डिएसपी खनालको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार