Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करिम बेन्जिमाको ह्याट्रिकमा रियलको शानदार जित


    सोमबार, भाद्र २८ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले  सेल्टा भिगोविरुद्द शानदार जित निकालेको छ  । 

    आईतबार राति रियलले घरेलु मैदानमा सेल्टा भिगोलाई ५–२ गोल अन्तरले हराउदै शानदार जित निकालेको हो । रियलको जितमा स्टार फरवार्ड करिम बेन्जिमाले ह्याट्रिक पुरा गरे। 

    खेलमा अग्रता भने पाहुना टोली सेल्टा भिगोले चौथो मिनेटमा नै लिएको थियो। उसका लागि मिना लोरेन्जोको गोलमा लिएको थियो ।

    त्यसपछि करिम बेन्जिमाले २४ औं मिनेटमा रियललाई बराबरीमा ल्याएका थिए । फ्रेन्को सर्विकले ३१ औं मिनेटमा पुन पाहुना टोलीलाई पुन अग्रता दिलाएका थिए । बेन्जिमाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै रियललाई पुन बराबरीमा ल्याए ।

    पहिलो हाफ दुई दुई गोलको बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा रियलले ३ गोल थप्यो। भिनिसियस जुनियरले ५४ औं मिनेटमा रियललाई अग्रता दिलाउने काम गरे ।

    त्यसपछि ७२ औं मिनेटमा रियलका लागि चौथो गोल एडुआर्डो कैमाविङ्गाले गरे । खेल सकिन तीन मिनेट अघि बेन्जिमाले ह्याट्रिक पुरा गरेका थिए ।

    जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सेल्टा भिगो १ अंकसहित रेलिगेशन जोनमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार