काठमाडाैं । नेपालको चार दिने भ्रमणमा रहेकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले एमसीसी अनुमोदनमा ढिलाइ भएकाे बताएकी छन् ।
नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको बताउँदै उनले सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्नेमा जाेड दिएकी छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’ उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको समेत उल्लेख गरेकि छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरूलाई भटेकी सुमारले यो सम्झौता भएपछि अहिलेसम्म नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।