Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डको चिन्ता: माओले भनेजस्तो मैले पनि एक्लो छु भन्नुपर्ने हो कि !


    आइतबार, भाद्र २७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहीं माओले झैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाएका छन् ।

    आइतबार वामपन्थी लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले माओले पार्टीमा आफू एक्लो महसुस गरेको सम्झिदै साे कुरा बताएइका हुन् ।

    ‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै पार्टीभित्र माओले म एक्लो छु भन्ने के फिल गरेछन्,’ उनले भने, ‘कहिलेकाहीं मलाई पनि शायद एक दुई वर्षपछि म पनि एक्लो हुने हो कि ? माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो चित्र दिमागमा आउँछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार