Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री शाक्य अल्पमतमा, एकीकृत समाजवादीले समर्थन नगर्ने


    आइतबार, भाद्र २७ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने भएकाे छ । 

    आज हेटौंडा बसेको दलको बैठकले एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको जानकारी संसद सचिवालयलाई गराउने निर्णय गरेको हाे ।  यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । 

    नेकपा एमालेका ५५ सांसद मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ जना भएसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्छ । 

    एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् ।

    यस्तै एकीकृत समाजवादीकाे आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार