Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइतबार ९११ जनामा कोरोना संक्रमण, १३ को मृत्यु


    आइतबार, भाद्र २७ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आइतबार देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यस अवधिमा १ हजार ४२३ जना कोरोनाबाट मुक्त भएका छन्। 

    थप १३ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ। कुल संक्रमितमध्य निको हुनेको दर ९५.१ प्रतिशत छ भने सक्रिय संक्रमितको दर ३.४ र मृत्यु हुनेको दर १.४ प्रतिशत छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार