Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संखुवासभामा ६ जनाको हत्या आरोपित सार्वजनिक


    आइतबार, भाद्र २७ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । 

    मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

    प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो । 

    प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । 

    प्रहरीका अनुसार लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेका थिए । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई हत्या गरे ।

    आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई पनि लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीको दावी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार