हार्भर्ड यूनिभर्सिटीमा हुँदै आएको यो पुरस्कार वितरण कार्यक्रम कोरोनाभाइरससम्बन्धी प्रतिबन्धका कारण यो वर्ष भौतिक उपस्थितिमा हुन सकेन।
तर अनलाइनबाटै यो पुरस्कार वितरणमा हुने सधैँजस्तो रमाइलोहरू गरिएको थियो।
विज्ञानसम्बन्धी हास्यपत्रिका ‘एनल्स अफ इम्प्रोबबल’ रिसर्चले भनेको छ, “यो पुरस्कारले पहिले तपाईँलाई हँसाउँछ र पछि सोच्न बाध्य बनाउँछ।”