Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् काठमाडौं महानगरपालिकाका बाहुबली वडाध्यक्ष, हाकिमका ढोका लात्ताले हानेर फोडे


    शनिबार, भाद्र २६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार दिउँसो काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको कार्यकक्षको ढोकामा एक ब्यक्तिले ड्याम कि ड्याम लात्ताले हान्दै तोडफोड गरे । ज्ञवालीको कार्यकक्षको ढोका तोडफोड गरिसकेपछि ती ब्यक्तिले प्रशासन शाखाका प्रमुख महेश काफ्ले र युवराज खनालको कार्यकक्षका ढोका पनि तोडफोड गरे । ज्ञवाली, काफ्ले र खनालको कार्यकक्षका ढोका तोडफोड गर्ने बाहिरका गुण्डा वा अरु कोही होइनन्, महानगरकै जिम्मेवार जनप्रतिनिधि हुन् । पदीय मर्यादा नै भुलेर तोडफोडमा उत्रिने बाहुबली जनप्रतिनिधि हुन् काठमाडौं महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोल ।

     वडा नम्बर ५ मा कार्यरत इन्जीनीयर सुशील केसीको सरुवा गरेकोमा आक्रोसित हुँदै वडाध्यक्ष डंगोलले तोडफोड गरेका हुन् । इन्जीनीयर केसीले वडाध्यक्ष बस्नेतले प्रक्रिया नै पूरा नभएका आयोजनाको भुक्तानी दिन दबाब दिने गरेको, आफूलाई घुस बढी आउने ठेक्कापट्टामा बढी ध्यान दिने गरेको र नियम कानुनले नमिल्ने राय दिंदा तल्लोस्तरमा गालीगलौज गर्ने गरेकाले काम गर्न नसकेकाले सरुवा मागेका थिए । इन्जीनीयर केसीकै माग बमोजिम महानगरले सरुवा गरेको भए पनि वडाध्यक्ष डंगोलले भने मर्यादा नै बिर्सेर महानगरका प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकृतको कार्यकक्ष तोडफोड गरेका छन् ।

    चार बर्षमा ४ सचिव परिवर्तन

    काठमाडौं महानगरको सबैभन्दा बढी वडा सचिव सरुवा हुनेमा पर्दछ ५ नम्बर वडा । वडाध्यक्षले कानुन विपरीत काम गर्न र भुक्तानी गर्न दबाब दिएकै कारण वडा सचिवहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने भयका कारण सरुवा माग्न बाध्य हुँदैआएका छन् । तुलनात्मक रुपमा सोझा सचिव समेत ५ नम्बर वडामा टिक्नै गाह्रो पर्यो भन्दै सरुवा भएको केही महिनामै अन्यत्रै लगिदिन माग गर्दै प्रमुख प्रशासकीय अधिकृतकोमा विन्तीभाउका लागि धाउने गरेका छन् ।

    पाँच नम्बर वडामा डंगोल वडाध्यक्षमा निर्वाचित भएर आएपछि ओमप्रकाश पौडेल, मधु पाण्डे, भरत पोखरेल सरुवा भइसकेका छन् । हाल सत्यदेव पण्डित वडासचिवका रुपमा कार्यरत छन् । तीनै जना सचिव वडाध्यक्षको नियम कानुन विपरीतको भुक्तानी दिन दिने दबाब थेग्न नसकी सरुवा मागेर गएका हुन् । हालका सचिव पण्डित पनि वाक्कदिक्क भइसकेका छन् । सचिव र इन्जीनीयरलाई कानुन बिपरीत काम गर्न दबाब दिने र नमाने अति तल्लोस्तरमा उत्रिएर गालीगलौज गर्ने वडाध्यक्ष डंगोलको ब्यवहारले आजित भएपछि सरुवा मागेर उम्किदैआएका छन् ।

    सचिवमात्र होइन, इन्जीनीयर पनि वडाध्यक्ष डंगोलको ब्यवहारबाट पीडित भएर सरुवा माग्दै अन्यत्र जाने गरेका छन् । पछिल्लो समयमा वडाध्यक्ष केसी पनि सरुवा मागेर गएपछि आक्रोशित भएका डंगोलले आफूलाई नसोधी इन्जीनीयर सरुवा गरेको आक्रोसमा महानगरपालिकाका प्रशासकीय अधिकृतहरुका कार्यकक्ष तोडफोड गर्न पुगेका छन् । पदीय मर्यादा नै भुलेर उनले गरेको हर्कतको महानगरका ट्रेड युनियनहरुले बिरोध गरेका छन् ।  

    वडा सचिव भन्छन्, मलाई थाहै नदिई इन्जीनीयर सरुवा गर्न पाइन्छ ?

    महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तोडफोड किन गर्नुभएको भन्ने प्रश्नमा वडाध्यक्ष डंगोलले भने–यो वडामा काम हु्न नसकेर धेरै बजेट फिर्ता जाने गरेको छ । अब हाम्रो कार्यकाल ६ महिनामात्र बाँकी भएकाले यो बर्षको बजेट फिर्ता नजाओस् भनेर महानगरपालिकासँग अनुरोध गरी इन्जीनीयर सुशील केसीलाई सरुवा गराएर ल्याएको थिएँ । तर शुक्रबार एक्कासी उनको सरुवा भएको पत्र आयो । इन्जीनीयरको सरुवा भएको कुरा जनप्रतिनिधि(मलाई) थाहा नै छैन । सरुवापत्रमा हस्ताक्षर गर्ने युवराज खनाललाई सोधें, बल्लबल्ल राम्रो मान्छे ल्याएको, किन सरुवा गरेको भनेर ? तर उनले माथिको आदेशमा गरेको जवाफ दिए । माथिको आदेश भनेपछि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई सोधें । ज्ञवालीले म सरुवा भएका इन्जीनीयर चिन्दिनँ, मैले सरुवा गरेको होइन भने । तपाई प्रमुख कसलाई थाहा हुन्छ त ? महानगरपालिका चलाउने तपाईको परिवार चलाएजस्तै हो, सोध्नुपर्दैन एकपटक भनेर भनें, सामान्य भनाभन भयो, उनले तपाईको भाषा गलत प्रयोग गर्नुभयो भनेर मोवाइल काटे । फेरि फोन उठाएनन् । म त्यसपछि छलफल गर्न सिधै महानगरपालिका गएँ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको कार्यकक्षमा गएँ । ढोका बन्द थियो, मैले लात्ताले हानेको हुँ ।

    तपाईले नियमबिपरीत काम गर्न दबाब दिएकाले वडासचिव ४ जना र इन्जीनीयरहरु पनि काम गर्न नमानेको र सुशील केसीले पनि आफैंले सरुवा मागेको कुरा आएको छ नि भन्ने प्रश्नमा डंगोलले भने–‘सुशील केसीले सरुवा मागेको होइन । केसीले २८ वडा र ५ वडा हेर्थे । उनले सरुवा मागेका होइनन् । ५ नम्बर वडामा ४ वटा सचिव परिवर्तन भएको कुरा हो । वडाबासीको काम रोक्नुहुँदैन, नियम अनुसार नहुने काम छ भने मकहाँ पठाउनुस् भन्थें । वडा सचिवलाई अख्तियारले समात्ने खालको काम गर्न दबाब दिएको छैन ।’

    डंगोलले भने–काठमाडौं महानगरपालिका कसरी चलेको छ, म आएको ४ बर्ष बढी भयो, अहिलेसम्म भेउ पाउन सकिएन । जहाँसम्म ४ बर्षमा ४ वटा वडासचिव परिवर्तन भएको कुरा छ, महानगरमा प्रमुख प्रशासकीय अधिकृत कति परिवर्तन भए त ? ५ जना भन्दा बढी भइसके त । यो प्रश्न त महानगरतिरै सोझिएन र ? 
           

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार