Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहाबाट नक्‍कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ


    शनिबार, भाद्र २६ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा। सिरहामा नक्कली नोट र छाप्ने मेसिनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका वडा नं। १२ बस्ने २५ वर्षीय धिरज यादब, संजय राय र कल्याणपुर नगरपालिका वडा नं।७ बस्ने २४ वर्षीय विमलेन्द्र कुमार नायक छन् ।सशस्त्र प्रहरीले उनीहरुलाई गोलबजार नगरपालिका ६ स्थित विरेन्द्र महतोको घरबाट  पक्राउ गरेको हो ।

    विशेष सूचनाका आधारमा  इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालको नेतृत्वमा सशस्त्र प्रहरी समेतको टोली पुगेर विरेन्द्र महतोको घर घेराउ गरी खानतलासी गर्दा  नोट छाप्ने मेशिन,  ल्यापटप र मोटरसाइकल सहित उनीहको  साथबाट ६ लाख ८४ हजार नक्कली नेपाली  बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

    पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यसअघि पनि सिरहाबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार