Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज ऋषि पञ्चमी, सप्त ऋषिहरुको पूजा अर्चना गरी मनाईदै


    शनिबार, भाद्र २६ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली नारीहरुले भाद्र शुक्ल पञ्चमीका दिन आज सप्त ऋषिहरूको पूजा अर्चना गर्दै  मनाउ छन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
    आजको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए तिनको शुद्धाशुद्धी निम्ति पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीविना सम्भव छैन । हामीले रजस्वलालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोचले हेरेपनि श्रृष्टिको प्रथम र पुण्य गुण नै नारीहरूको रजस्वला हो । रजस्वला नारीहरूको गर्भाधान गर्नसक्ने क्षमताको प्रतीक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।

    ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ । त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारलाई दिएको महत्वको इतिहास पनि । नारीलाई रजस्वलाको दिनहरूलाई चारवटा देवीहरू अनुरुप तुलना गर्ने चलन छ । पहिलो दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ ।

     आजको दिन महिलाहरुले स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ ।सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । 

    आजको दिन नारीहरूले अपामार्ग अर्थात् एउटा विशेष प्राकृतिक जडिबुटी गुणयुक्त वनस्पति (दतिवन) को प्रयोग गरी बिहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्छन् । अपामार्ग अर्थात् दतिवन नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो ।

    संस्कृत शब्द अपामार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँछ । १०८ वटा अपामार्ग (दतिवन) का डाँठका टुक्राहरूको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्छन् । स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात् दूध, दही, घिऊ, दुबो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएका सामाग्री एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि छ ।आज स्नानगरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । 

    आज  मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछ भने काठमाडौँको टेकु, मूलपानी लगायतका ठाउँहरुमा भक्तजनको भीड लाग्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार