Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी पारित गर्नु भनेकाे जनतालाई विष बाढ्नु सरह हाे: सांसद सुवाल


    शुक्रबार, भाद्र २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् । 

    शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि विष सरह हुने भन्दै यसबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई उनले आग्रह समेत गरेका छन् ।

    सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन् । यो विषयमा संघीय संसदका सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन । बुढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन् । हामी उनीहरुका कुरामा फस्नु हुन्न ।’

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार