Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध, एमाले सांसदहरुद्वारा चर्को नाराबाजी


    शुक्रबार, भाद्र २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि एमाले सांसदहरुले अवरुद्ध बनाएका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् ।

    सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताए ।

    यद्यपि एमाले सांसदहरुले नारावाजी जारी राखेका छन्। यसअघि गत बुधबार पनि एमाले सांसदहरुले बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार