काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार तोलामा १ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा १ सय रुपैयाले बढेको हो ।
बिहिबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाले बढेर तोलाको १२ सय १५ रुपैयामा कारोबार भइरहेको छ ।