Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा कोभिड संक्रमण फेरि बढ्यो : ठूला व्यवसायका कर्मचारीहरूलाई खोप लगाउन बाइडनको निर्देशन


    शुक्रबार, भाद्र २५ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्ध लड्नका लागि विभिन्न उपायहरू सार्वजनिक गरेका छन्। उनले गरेको पछिल्लो घोषणा अनुसार ठूला कम्पनीका कर्मचारीहरूले कोभिड विरुद्धको खोप लगाउनुपर्ने वा साप्ताहिक रूपमा परीक्षण गराउनुपर्ने हुन्छ।

    अमेरिकामा कोभिड सङ्क्रमण बढी रहेका बेला पछिल्लो घोषणा गरिएको हो। अमेरिकामा कोभिडका बिरामी बढेका कारण अस्पतालहरू भरिभराउ भएका छन्। त्यहाँ हालसम्म ६,५०,००० भन्दा बढीले कोभिडका कारण ज्यान गुमाइसकेका छन्।

    बिहीवार ह्वाइट हाउसबाट गरिएको एक सम्बोधनका क्रममा बाइडनले १०० भन्दा बढी कर्मचारी रहेका सबै व्यवसायहरूमा अनिवार्य खोप लगाएको सुनिश्चित गर्न वा आफू कोभिड नेगेटिभ रहेको प्रमाण साप्ताहिक रूपमा दिने व्यवस्था लागु गराउन सरकारी निकायहरूलाई निर्देशन दिए। उक्त निर्देशनले ८ करोड अमेरिकीहरूलाई प्रभावित पार्ने बताइएको छ।

    ‘यो स्वतन्त्रता वा व्यक्तिगत छनोटको बारेमा हैन, यो तपाईँको र तपाईँको वरपर रहेकाहरूलाई जोगाउनका लागि हो,’ ६ बुँदे योजना सार्वजनिक गर्दै उनले भने।सङ्घीय सरकारले उपलब्ध गराएको सुविधाको उपभोग गरिरहेका १७ करोड स्वास्थ्य सेवा कर्मचारीहरूले पनि पछिल्ला नियमहरूको पालना गर्नुपर्ने छ। तुलनात्मक रूपमा छिट्टै सर्न सक्ने डेल्टा भेरिअन्ट अमेरिकामा फैलिएका बेला थप अमेरिकीहरूलाई खोप लगाउनका लागि बाइडनले नयाँ योजनाहरू तय गरेका हुन।

    बाइडनले खोप नलगाएका ८ करोड अमेरिकीहरू बारे निराशा व्यक्त गर्दै उनीहरूले अस्पतालहरूमा भिड बढाइरहेको र आर्थिक सुधारलाई कमजोर बनाइरहेको टिप्पणी गरे। उनले आफूहरूको धैर्य कमजोर हुँदै गएको बताउँदै सर्वसाधारणहरूलाई खोप लगाउन आग्रह गरे।

    बाइडनले परीक्षण गर्नका लागि प्रयोग गरिने सामाग्रीहरूको उत्पादन र वितरण पनि व्यापक रूपमा बढाइने वाचा गरेका छन्। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार