Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउन देउवाको माग


    मंगलबार, जेष्ठ १३ २०७७
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १३ जेठ । कोरोना महामारीमा रिपोर्टिङमा खटिएका पत्रकार जोखिममा रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभरका पत्रकारहरूको परीक्षण गर्न माग गरेका छन्।

    उनले सरकारसँग पत्रकारका लागि सुरक्षा सामग्री व्यवस्थापन गर्न पनि माग गरेका छन्।

    नेपाल प्रेस युनियनले स्थापना दिवसमा गरेको कार्यक्रममा सभापति देउवाले भने, ‘कोरोना जोखिमका बेला पत्रकारिता काम सजिलो छैन। देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य हो।’

     

    वीरगञ्जलगायत ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको भए पनि सरकार गम्भीर नभएको देउवाको आरोप छ। ‘देशभरका पत्रकारको निस्शुल्क परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकार समक्ष माग गर्नेछु।’

    उनले पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउन पनि सरकारसँग माग गरेका छन्। श्रमजिवी पत्रकारहरू बेरोजगार रहेको भन्दै उनले विज्ञापन व्यवसायमा असर पर्दा मिडिया हाउसहरू संकटमा परेको पनि उल्लेख गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार