Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थपिए १,२७१ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु


    बिहिबार, भाद्र २४ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा  १ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै आज  १ हजार ८४५ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ जनाको पीसीआर परीक्षणमा १ हजार ०५८ र ३ हजार ०४६ को एन्टिजेन परीक्षणमा २१३ जना गरी १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ७४ हजार ५८७ जना पुगेको छ ।

    जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा र १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
     त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ९०३ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार