Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिपरको ठक्करबाट सईको मृत्यु


    मंगलबार, जेष्ठ १३ २०७७
    710
    Shares
  • २ मिनेट पाठ
  • भक्तपुर, १३ जेठ । टिपरको ठक्करबाट भक्तपुरमा प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ।

    प्रहरीका अनुसार गतराति साढे ९ बजेतिर नयाँठिमीको बालकुमारी चोकमा ड्युटी रहेका सई निमबहादुर घर्तीलाई टिपरले ठक्कर दिएको हो ।

    नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको टिपर र पछिसँगै आउँदै गरेको बा ४ ख ४३१८ नम्बरको टिपरले एकैसाथ नयाँठिमी बालकुमारी चोकको बीचको रेलिङलाई हान्दै अनियन्त्रित भई जाँदा नयाँठिमी चोकमा सिआरभी ड्युटीमा खटिका खटिएका घर्तीलाई ठक्कर दिएको थियो।

     

    घाइते घर्तीलाई सोही एरियामा गस्तीमा रहेका डिएसपी ऋषिराम कँडेलको टोली तत्कालै मध्यपुर ठिमी अस्पताल पुर्‍याएको थियो।

    घर्तीको टाउकोमा गम्भीर चोट लागेको थियो। पछि उनलाई थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो।

     

    उपचारको क्रममा बिहान सवा पाँच बजे उनको मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

    प्रहरीले ठक्कर दिने दुबै टिपरका चालकलाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये बा ४ ख ४३१७ नम्बरको टिपरका चालकले मादक पदार्थ सेवन गरिएको पाइएको प्रहरीले जनाएको छ।

    ‘पानी परी सडक भिजेको अवस्थामा लापरबाही तरिकाले तीव्र गतिमा सवारी साधन चलाएकोले गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार