Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्घाखाँचीका कोरोना संक्रमितलाई दाङ पठाइने


    मंगलबार, जेष्ठ १३ २०७७
    730
    Shares
  • १ मिनेट पाठ
  • अर्घाखाँची, १३ जेठ । अर्घाखाँचीका कोरोना संक्रमितलाई उपचारको लागि दाङ पठाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार दाङको कोरोना अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको हो ।

    रेडक्रसको एम्बुलेन्समा उनीहरुलाई दाङ लैजाने तयारी गरिएको छ । एम्बुलेन्स चालक र उनीहरु दुईजना मात्रै दाङ जानेछन् ।

    अर्घाखाँचीमा सोमबार दुई जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु गाउँकै विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेको छन् ।

    कुनै लक्षण नदेखिएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार