Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कहर : भारतमा संक्रमितको संख्या १ लाख ४५ हजार नाघ्यो


    मंगलबार, जेष्ठ १३ २०७७
    805
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १३ जेठ । चीनबाट फैलिएको कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या १ लाख ४५ हजार नाघेको छ ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५३५ नयाँ संक्रमित फेला परेका छन् । योसँगै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३८० पुगेको हो ।

    त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार हजार १६७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण १४६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

    भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ हजार ६६७ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ६९५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ११८ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १४ हजार ४६० संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८८८ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार ८५९ संक्रमित फेला परेका छन् । यो राज्यमा तीन सयको मृत्यु भइसकेको छ ।

    भारतको पश्चिम बंगालमा तीन हजार ८१६ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २७८ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या ६ हजार ५३२ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १६५ जनाको मृत्यु भएको छ । बिहारमा दुई हजार ७३० संक्रमित पुग्दा १३ जनाको मृत्यु भइसकेको छ ।

    भारतमा अहिलेसम्म ६० हजार ४९१ संक्रमित निको भएर घर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार