Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसिसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आइपुगिन्, सुरक्षा व्यवस्था कडा


    बिहिबार, भाद्र २४ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल आइपुगेकी छन् ।

    एमसिसीकी उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणमा लागि कतार यरवेजबाट बिहीबा बिहान काठमाडौं आइपुगेका हुन् ।

    विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन् । उपाध्यक्ष सुमारले  प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न  राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

    एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार